Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 618
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। आइतबार मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको हो।

    शुक्रबार बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो। यस दिन सुन प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो।



    शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो।

    आइतबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार