Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 258
    SHARES

    फाइल फोटो

    काठमाडौं । लगातार चार दिन बढेको सुनको मूल्य आज भने नेपाली बजारमा घटेको छ।

    गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।



    यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ कम हो। बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

    यो‍ हालसम्मकै उच्च विन्दु हो। महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार चाँदीको मूल्य भने यथावत छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ तोकिएको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार