Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बालेन र हर्क साम्पाङको जुहारीको चर्चा संसदमा

    बालेन र हर्क साम्पाङको जुहारीको चर्चा संसदमा

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 963
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबीच सामाजिक सञ्जालमा भएको दोहोरीको विषय प्रतिनिधिसभाको बैठकमा समेत उठेको छ ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद कृष्ण राईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी व्यक्त गरिरहेका बेलामा धरानका मेयर राईले म काठमाडौं आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताए ।



    उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । उनले भने– ‘यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो । अर्कोतर्फ महानगरले फोहोर उठाउनुपर्ने विषय हो कि सरकारले भन्ने कुरामा पनि जनतामा अन्योलको स्थिति देखिन्छ ।’



    काठमाडौंको फोहोर नउठिरहेका बेला केही दिनअघि काठमाडौं आएका हर्क राईले आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको भन्दै मेयर बालेन्द्र शाहलाई ब्यङ्ग्य गरेका थिए । मेयरले शाहले पनि तपाईंकै लैरो चुनाव चिन्हबाट मैले पनि चुनाव जितेको हो नि भन्दै ब्यङ्ग्य फर्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार