Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • श्रमिकको गुनासो सुन्दै श्रममन्त्री कुँवर : प्रमाणसहित ठगीको उजुरी गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता

    श्रमिकको गुनासो सुन्दै श्रममन्त्री कुँवर : प्रमाणसहित ठगीको उजुरी गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 783
    SHARES

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर गुनासो सुन्न थालेका छन् । आइतवार उनले ६ जना श्रमिकहरूको गुनासो सुनेका हुन् ।

    मन्त्री कुँवरले अबदेखि प्रत्येक आइतवार प्रत्यक्ष रूपमा श्रमिकहरूको गुनासो सुन्ने कार्यको शुरुआत गरेको जानकारी दिए ।



    आइतवार श्रममन्त्री कुँवरसँग विदेशबाट श्रमिकको शव ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरूले लाखौं रकम लिएको लगायतका गुनासो राखेका थिए ।



    अबदेखि प्रत्येक आइतवार बिहान १० बजेदेखि १२ बजेसम्म कल सेन्टरमा बसेर गुनासो सुन्ने उनले बताए ।

    मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानूनअनुसार कारबाही गर्ने बताए ।

    उनले १० वर्ष अगाडि ठगी गर्नेसमेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने आश्वासन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार