Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सार्वजनिक विद्यालय सुधारको अभियान सुरु भयो : शिक्षामन्त्री पौडेल

    सार्वजनिक विद्यालय सुधारको अभियान सुरु भयो : शिक्षामन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 855
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् ।

    आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताएका हुन् ।



    विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाई प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै उनले विद्यालय सुधार गर्न साझा सङ्कल्प गर्नुपर्ने बताए ।



    उनले उच्च शिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि सुरुवात भएको बताउँदै यसवर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार