Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार रोमान्टिक गीत सार्वजनिक

    ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार रोमान्टिक गीत सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 990
    SHARES

    काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् ।

    जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।



    ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ ।



    प्रदिप खड्का र किस्टिना गुरुङको मुख्य अभिनय रहेको चलचित्र प्रेमगीत ३ आगामी दशैँमा रिलिज हुँदैछ । भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन हुनेछ । नेपालमा हिन्दी संस्करणमा समेत रिलिज गर्ने भनिए पनि यसबारे निश्चित भइसकेको छैन ।

    त्यस्तै, भारतीय संस्करणको टिजर समेत सार्वजनिक भएको छ । फिल्म सन्तोष सेन र चेतन गुरुङले निर्देशन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार