Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजित

    प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 798
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।

    आज बिहान भएको खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै युनाइटेडले अङ्कतालिकामा तीन अङ्क जोडेको छ ।



    घरेलु मैदान ओर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका जेडन सान्चो र मार्कस रासफर्डले एक/एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए ।



    जितसँगै युनाइटेडको ३ खेलमा ३ अङ्क भएको छ । युनाइटेड तालिकाको १४औँ स्थानमा छ । समान खेलमा २ अङ्ककासाथ लिभरपुल १६औँ स्थानमा छ ।

    तीन खेलमा ९ अङ्क जोडेको आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार