Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टी-२० क्रिकेट : केन्या प्रतिस्पर्धा गर्दै नेपाल

    टी-२० क्रिकेट : केन्या प्रतिस्पर्धा गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ ।

    पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् ।



    अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।



    नेपाल र केन्याबीचको दोस्रो टी(२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ ।

    तीन एक दिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ । यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरका लागि पहिलो खेल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार