Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केन्यासँग आज अन्तिम टी-२० खेल्दै नेपाल

    केन्यासँग आज अन्तिम टी-२० खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले केन्यासँगको पाँच टी-२० क्रिकेट सिरिजअन्तर्गत मंगलबार अन्तिम खेल खेल्दै छ । सोमबार भएको चौथो खेलमा नेपाल ७ रनले पराजित भएसँगै सिरिज २-२ को बराबरीमा पुगेको छ ।

    सिरिजमा कब्जा जमाउन मंगलबारको खेल निर्णायक हुनेछ । यी दुई बीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।



    पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो।



    सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएको थियो । टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार