Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कक्षाकोठामा हाँसेको भन्दै शिक्षकले कुटे विद्यार्थी

    कक्षाकोठामा हाँसेको भन्दै शिक्षकले कुटे विद्यार्थी

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.6K
    SHARES

    बुटवल । बुटवलको दिप बोर्डिङ हाई स्कूलका शिक्षकले १० कक्षामा पढ्ने विद्यार्थीलाई कुटपिट गरेका छन् ।

    विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझीलाई कानमा हानेको अभिभावकले बताएका छन् ।



    तिलोत्तमा–५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावकले बताएका छन् ।



    शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए । अभिभावकका अनुसार जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार