Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • केयुकेएलले तोड्यो चिनियाँ कम्पनीसँगको ठेक्का, करिब ४९ करोड धरौटी जफत

    केयुकेएलले तोड्यो चिनियाँ कम्पनीसँगको ठेक्का, करिब ४९ करोड धरौटी जफत

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 807
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ठेक्का तोडेको छ ।

    सम्झौताअनुसार काम नगरेपछि चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।



    उक्त कम्पनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।



    तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि बढाएन । ६ पटकसम्म म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का रद्द गरिएको आयोजना उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    तीनवटै फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कम्पनीले बैंक ग्यारेन्टीस्वरुप राखेको करिव ४९ करोड रुपैयाँ धरौटी रकम जफत गरिएको उनले बताए ।

    उक्त कम्पनीले थपिएको अवधिसमेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशतमात्र काम गरेको छ । जसवापत करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको पीआईडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार