Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने

    पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 714
    SHARES

    काठमाडौं । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो।

    तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए। नायक शाहविरूद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ।



    नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो। साथै रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले बताए।



    जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरूपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ। शाहविरूद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो।

    यस्तै नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरूद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । यसैगरी नवलपुर अदालतको फैसलाविरूद्ध नायक शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार