Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगानिस्तानविरुद्ध विराट कोहलीले प्रहार गरे शतक

    अफगानिस्तानविरुद्ध विराट कोहलीले प्रहार गरे शतक

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले आफ्नो करिअरको ७१औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

    एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको दुबईमा उनले शतक प्रहार गरेका हुन् । उनलाई ७१औं शतक प्रहार गर्न लगभग तीन वर्ष कुर्नपर्‍यो ।



    नोभेम्बर २०१९ पछि कोहलीले शतक प्रहार गरेका हुन्। यसअघि एकदिवसीय र टेस्टमा शतक हिर्काएका कोलहीको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक हो। रोहित शर्मालाई आराम दिएपछि कोहलीले केएल राहुलसँग ओपनिङ गरेका थिए ।



    कोहलीले टी-२० मा ३२ अर्धशतक प्रहार गरे पनि पहिलो पटक शतक हिर्काउन सफल भए । उनले ५३ बलमा शतक पूरा गरेका थिए । ‍

    कोहली ६१ बलमा १२२ रन बनाउँदै अविजित रहे । भारतले पहिले ब्याटिङ गर्दै अफगानिस्तानलाई २ विकेटको क्षतिमा २१२ रनको लक्ष्य दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार