Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोटेश्वरमा चल्यो महानगरको डोजर

    कोटेश्वरमा चल्यो महानगरको डोजर

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 984
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुने कोटेश्वर क्षेत्रमा रहेका अवैध संरचना भत्काएको छ ।

    महानगरको डोजरले आइतबार सो क्षेत्रका अवैध संरचना हटाएको हो । यसअघि पनि महानगरले कोटेश्वरको सुन्दर बजार क्षेत्रका अवैध संरचना डोजर लगाएर भत्काएको थियो ।



    संरचना भत्काउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । डोजरसहित महानगरका प्रतिनिधि पुगेपछि केही व्यापारीले आफैले अनधिकृत संरचना भत्काउन थालेका छन् ।



    काठमाडौंका मेयर बालेन शाहले महानगरभित्रका अवैध संरचना हटाउने र कर असुली गर्ने अभियान नै चलाएका छन् ।

    उनको यो अभियानप्रति धेरैको समर्थन छ भने केही व्यापारीले भने विरोध गर्दै आएका छन् । महानगरले ३५ दिने सूचना टाँसेर अवैध संरचना हटाउने अभियान थालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार