Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले पूर्णता पायो

    सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले पूर्णता पायो

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरको सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिले पूर्णता पाएको छ ।

    महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नवौँ कार्यपालिका बैठकले सदस्यहरु चयन गरेर समितिलाई पूर्णता दिएको हो ।



    सेनिटरी प्याड वितरण शिक्षा क्षेत्रको कार्यक्रम हो । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ । यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुन्छ ।



    यसमा १ जना कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट २ जना सदस्य रहने व्यवस्था छ ।

    यही व्यवस्थाका आधारमा कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, प्रधानाध्यापकहरुका तर्फबाट विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल र सरस्वती माध्यमिक विद्यालय, ओन्देका प्रधानाध्यापक रविना महर्जन चयन भएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार