Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो

    वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 861
    SHARES

    एजेन्सी । श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिट्यान्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् ।

    उनले उनीहरुबाट पठाइएको रेमिट्यान्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिएको प्राप्त समाचारमा जनाइएको छ ।



    उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिट्यान्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताएका छन् ।



    उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिट्यान्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिए ।

    देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिट्यान्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार