Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • संविधान दिवसको अवसरमा एमालेले असोज १ गते पदयात्रा आयोजना गर्ने

    संविधान दिवसको अवसरमा एमालेले असोज १ गते पदयात्रा आयोजना गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 675
    SHARES

    काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

    निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।



    उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी अध्यक्ष केपी ओलीले वसन्तपुरमा सम्बोधन गरी कार्यक्रम समापन गरिनेछ ।



    संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम समुदायलाई सहभागिताका लागि आह्वान गरिएको उपमहासचिव विष्णु रिमालले बताए ।

    वाकथनको तयारीस्वरूप पार्टी केन्द्रीय कार्यालयमा तयारी बैठक बसेको छ । बैठकमा पार्टीका सबै विभागका प्रमुख तथा सचिवहरू, सबै जनसंगठनका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरू, सम्पर्क कमिटी र सम्पर्क मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार