Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईसीसी इलाइट प्यानलका पाकिस्तानी अम्पायर असद रउफको निधन

    आईसीसी इलाइट प्यानलका पाकिस्तानी अम्पायर असद रउफको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 675
    SHARES

    एजेन्सी । आईसीसी इलाइट प्यानलका पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ ।

    हृदयघातका कारण ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।



    राउफले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए । उनी पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो ।



    उनको अम्पायर करियर सन् १९९८ मा सुरु भएको थियो । सन् २००० मा भारत र पाकिस्तानबीचको एकदिवसीय खेलबाट उनले अन्तर्राष्ट्रिय स्तरमा अम्पायरिङको दुनियाँमा डेब्यु गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार