Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्लेषक सूर्यराज आचार्यको टिप्पणी – राष्ट्रपतिको कदममा अभिभावकीय भूमिका प्रकट

    विश्लेषक सूर्यराज आचार्यको टिप्पणी – राष्ट्रपतिको कदममा अभिभावकीय भूमिका प्रकट

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 528
    SHARES

    काठमाडौं । विश्लेषक सूर्यराज आचार्यले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय गहन जिम्मेवारीवोध भएको बताएका छन् । राष्ट्रपतिको कदममा गहन जिम्मेवारीवोध र राष्ट्रको अभिभावकीय भूमिका प्रकट भएको उनले टिप्पणी गरेका हुन् ।

    आचार्यले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै राष्ट्रपतिको कदम संविधानअनुसार स्वभाविक नदेखिए पनि यसलाई कानूनी आँखाले मात्रै हेर्न वाञ्छनीय नहुने समेत बताएका छन् ।



    उनी लेख्छन्, ‘नागरिकताको विषयलाई अत्यन्तै भद्दा र बेइमान हिसाबले राजनीतिक जोडघटाउको बिषय बनाइयो ।  विगतदेखि नै नेपालको नागरिकता कानुन बारेमा छिमेकी मित्रराष्ट्रको चासो/दवाव लुकेको छैन ।



    यो पृष्ठभुमीमा नयाँ संविधानको मस्यौदा गर्दा र जारी भैसकेपछि पनि नागरिकताको विषयमा राजनीतिक नेतृत्व र जनस्तरमा समेत आमसहमती हुनेगरी सघन बहस/छलफल र गृहकार्य हुनु पर्ने थियो, तर हुन सकेन ।’

    पछिल्लो संसदले त झनै बेइमानी र लापरवाही गरेको आचार्यको भनाइ छ । सत्तामा बसेका र प्रतिपक्षका सबै दलहरूले आमजनतामा रहेको चासो/चिन्तालाई सम्वोधन गर्नेभन्दा पनि यसलाई चुनावी जोडघटाउको विषय मात्र बनाएको उनले बताएका छन् ।

    राष्ट्रपति समेतले यो बिषयमा समयमै दलहरूको ध्यानाकर्षण गर्न चुकेकोसमेत उनको टिप्पणी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार