Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सरकार र डा. गोविन्द केसी पक्षबीच चौथो चरणको वार्ता जारी

    सरकार र डा. गोविन्द केसी पक्षबीच चौथो चरणको वार्ता जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 624
    SHARES

    काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा. केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक संघबाट एकजना प्रतिनिधि सहभागी छन् ।



    २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने; गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ ।



    उनले सरकारसँग स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी; मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत ७ बुँदे माग राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार