Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • क्रियाशील पत्रकारिता पुरस्कारबाट जोशी सम्मानित

    क्रियाशील पत्रकारिता पुरस्कारबाट जोशी सम्मानित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 693
    SHARES

    काठमाडौं । पत्रकार मनोज जोशी प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

    बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित काउन्सीलको ५३ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति बिधादेवी भण्डारीले जोशीलाई उक्त पुरस्कारबाट सम्मान गरेकी हुन् ।



    काउन्सिलको भदौ ३१ गते बसेको बैठकले जोशीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो । दुई दशक देखि पत्रकारिता गरिरहेका जोशीले नेपालका प्रमुख टेलिभिजनहरुमा काम गरिसकेका छन् ।



    हाल उनी एपीवान टेलिभिजनमा समाचार बाचन, संकलन र अन्तरवार्ताकारका रुपमा कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार