Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टोपबहादुर रायमाझीले भने – माओवादीहरु आत्तिएर प्रचण्डसँग भेटेको झूटो प्रचार गरे

    टोपबहादुर रायमाझीले भने – माओवादीहरु आत्तिएर प्रचण्डसँग भेटेको झूटो प्रचार गरे

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 813
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादीहरु आफुसँग आत्तिएको बताएका छन् ।

    सचिव रायमाझीले सामाजिक संञ्जालमा प्रेस नोट जारी गर्दै आत्तिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको झूटो प्रचार गरेको बताएका हुन् ।



    सचिव रायमाझीले एक प्रेस नोट जारी गर्दै माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरुले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।



    रायमाझीले लेखेका छन्, ‘अहिले मेराविरुद्ध विभिन्न षड्यन्त्रहरु भएका छन् । एमालेमा मेरो सक्रियता र एमालेप्रति जनताको बढ्दो विश्वासबाट अत्तालिएकाहरु मेरोविरुद्ध कु्प्रचार गरेर रमाउन खोजेका छन् । यस्तो घृणित कार्यको निन्दा गर्छु ।’

    माओवादीकै नेताहरूले यसरी गलत प्रचार गरेको र यसले उनीहरूलाई नै नोक्सान पुग्ने रायमाझीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार