Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सकियो सोह्रश्राद्ध, भोलिदेखि बडादसैँ सुरु हुँदै

    सकियो सोह्रश्राद्ध, भोलिदेखि बडादसैँ सुरु हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 606
    SHARES

    काठमाडौं । पितृपक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सकिएको छ ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरेसँगै आजदेखि सोह्रश्राद्ध सकिएको हो ।



    सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ ।



    चाड पर्व, यज्ञ तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि बडादसैँको नौरथा सुरु हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार