Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 786
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन नपाइने भएको छ ।

    वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिबन्ध लगाएको हो ।



    ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ ।



    सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार