Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    बोर्डले बुधबार गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको परीक्षा नतिजा सार्वजनिक गरेको हो।



    बोर्डको विज्ञप्तिअनुसार उक्त परीक्षामा कुल ११ हजार ६ सय ३३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ग्रेड वृद्धितर्फ १० हजार ३ सय ५३ र आंशिकतर्फ १२ सय ८० सहभागी थिए। आंशिकतर्फ ५ सय ९१ जनामात्रै उत्तिर्ण भएको बोर्डले जनाएको छ।



    लेटर ग्रेडिङतर्फ कक्षा ११ र १२ को सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गर्ने र अंकाङ्कनतर्फ सबै विषयमा उत्तीर्ण भएका परीक्षार्थीहरूले

    नतिजा प्रकाशन भएको मितिले १५ दिनपछि ट्रान्सक्रिप्ट,माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार