Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुख्खा पहिरोले अवरुद्ध गल्छी–देवीघाट सडक खण्ड सुचारु

    सुख्खा पहिरोले अवरुद्ध गल्छी–देवीघाट सडक खण्ड सुचारु

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 693
    SHARES

    काठमाडौं । गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अवरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ ।

    बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ को कार्यालयका निमित्त प्रमुख रामविहारी चौधरीले जानकारी दिए ।



    उनको अनुसार चारवटा हेभी उपकरणको सहायताले लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो ।



    सडक खण्ड’ अन्तर्गत पर्ने उक्त स्थानमा गएको वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गतको दाँयाबाँया ११ मिटरको व्यवस्थित सडक निर्माण गरिएको थियो । सोही समयमा पनि पहिरो गएकाले आकस्मिक नियन्त्रणको काम गरे पनि त्यो प्रभावहीन देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार