Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इन्डोनेसियाको फुटबल खेलमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १७४ पुग्यो

    इन्डोनेसियाको फुटबल खेलमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १७४ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 864
    SHARES

    एजेन्सी । इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुगेको छ । यो रंगशालामा भएको विश्वको सबैभन्दा खराब विपत्तिमध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ ।

    शनिबार राति खेलपछि मैदानमा आक्रमण गर्ने समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । करिब १८० जना घाइते भएका थिए ।



    पूर्वी जाभामा स्थानीय टोली अरेमा एफसी पर्सेबायासँग २–३ ले पराजित भएको थियो । इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री रंगशालाको ३८ हजार दर्शक क्षमताभन्दा चारहजार बढी दर्शक रहेको बताए ।



    राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा नभएसम्म इन्डोनेसियाको शीर्ष लिगका सबै खेल बन्द गर्न आदेश दिएका छन् ।

    सन् १९६४ मा लिमामा पेरु–अर्जेन्टिना ओलम्पिक क्लालिफायरमा भागदौड हुँदा ३२० जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।

    सन् १९८५ मा बेल्जियमको ब्रसेल्सको हेसेल रंगशालामा लिभरपुल (इंग्ल्यान्ड) र युभेन्टस (इटली) बीचको युरोपियन कपको फाइनलमा भत्किएका पर्खालमा समर्थकहरू ठोक्किएर ३९ जनाको मृत्यु भएको थियो भने ६०० जना घाइते भएका थिए ।

    यूकेमा शेफिल्डको हिल्सबरो रंगशालामा हुलदंगा हुँदा नटिङ्घम फरेस्टविरुद्ध एफए कप सेमिफाइनलमा लिभरपुलका ९७ जना समर्थकको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार