Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

    भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 765
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकाले भारतबिरुद्धको तीन खेलको टी-२० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो ।

    तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको दक्षिण अफ्रिकाले भारतलाई १८.३ ओभरमा एक सय ७८ रनमा रोक्दै जित हासिल गर्यो ।



    दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव माहाराजले दुई–दुई विकेट लिए । कागिसो रावाडाले एक विकेट लिए ।



    भारतले पहिलो दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो टी २० अन्तर्राष्ट्रियमा १६ रनको जित हासिल गरेको घरेलु टोली भारतले दोस्रो खेल आठ विकेटले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार