Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली १२ देखि ४ बजेसम्म

    शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली १२ देखि ४ बजेसम्म

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 558
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको छ ।

    ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।



    अस्पतालले आफ्ना कार्य सकेपछि जोशीको शव परिवारलाई हस्तान्तरण गरिने र परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजे देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि लगिने जनाईएको छ ।



    जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । १०३ वर्षको उमेरमा निधन भएका उनी मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार