Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ६७ औँ प्रहरी दिवस

    प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो : आईजीपी सिंह

    प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो : आईजीपी सिंह

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 906
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच रहेको संस्था भएको बताएका छन् ।

    सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै आईजीपी सिंहले यस्तो बताएका हुन् ।



    उनले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरूमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताए ।



    उनले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिब २६ लाखभन्दा बढीसँग भर्चुअल्ली जोडिएको बताए ।

    महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

    उनले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार