Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निर्मला पन्तलाई विर्सेर २३ दिनपछि अवकाशमा जाँदै आईजीपी सिंह

    निर्मला पन्तलाई विर्सेर २३ दिनपछि अवकाशमा जाँदै आईजीपी सिंह

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले अबकास पाउन अब २३ दिन बाँकी छ । आगामी चैत्र ११ गते उनी ३० वर्षे सेवाहदका कारण अनिवार्य अबकाशमा जाँदैछन्।

    प्रहरी महानिरीक्षकमा नियुक्त भएको एक महिना पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रममा सिंहले पुराना जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरी लागेको बताउँदै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्राथमिकतामा राखेर काम भइरहेको दावी गरेका थिए ।



    तर, अब उनले अवकाश पाउन २३ दिन मात्रै बाँकी छ ।  आफ्नो कार्यकालमा उनले निर्मला पन्तको अनुसन्धानलाई कस्तो प्राथमिकतामा राखे भन्ने कुरा उनैलाई थाहा होला । तर, अहिलेसम्मको नतिजा भने शून्य नै देखिन्छ ।



    सामान्यतयाः प्रहरी प्रमुखहरुले अवकाशको एक महिना अघि विदामा बस्ने प्रचलन छ । तर, आईजीपी सिंह भने विदामा नबस्ने मनस्थितिमा छन् । हुनत यस अघिका आईजीपी उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेश थापा पनि विदामा बसेका थिएनन् ।

    नौ महिना अघि निर्मला प्रकरणमा अनुसन्धानको काम तीव्र रुपमा अघि बढिरहेको बताएका सिंहले अनुसन्धान प्रकृया कहाँ पुग्यो भन्ने बारेमा भने अवकाशको मुखमा आउँदा समेत मुख खोलेका छैनन् । जवकी शैलेश थापाले अवकाश अघि आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका थिए। थापाले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि आफू असफल भएको स्वीकार गरेका थिए ।

    १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ४ वर्ष वितिसकेको छ । नेपाल प्रहरीले यस घटनालाई महत्वका साथ अनुसन्धान गरेको जनाए पनि अहिलेसम्म हत्यारा समक्ष पुग्न सकेको छैन।

    सिंहले आफू आईजीपी बनेपछि प्रहरीमा अनियमितताको नयाँ सिस्टम बसालेका छन् । त्यो हो एउटै ठेकेदारबाट कोटेशनमार्फत सामान खरिद गर्ने । सार्वजनिक खरिद ऐनलाई लत्याएर आफू निकट डिआईजी दिपक थापामार्फत आईजीपी सिंहले जिल्ला, प्रदेश र गणमार्फत कोटेशनकै आधारमा २० करोड भन्दा बढीका कोयर म्याट्रेस र जुत्तादेखि लत्ताकपडासम्मका सामानहरु खरिद गराइसकेका छन् । आईजीपी सिंह र थापाकाे मिलेमताेमा राजमान मिश्रको जेएमडी इन्टरनेशनलबाट सामान खरिद गरिएकाे हाे । जुन प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

    अख्तियारले प्रहरीको प्रवन्ध शाखाका कर्मचारीहरुसँग बयान समेत लिइसकेको छ । प्रवन्ध हेर्ने डिआईजी दिपक थापा भने यतिखेर कारबाहीबाट जोगिन बागमती प्रदेशमा सरुवा भई गएका छन् । उमेर विवादमा परेर अशोक सिंहले राजिनामा दिएपछि डिआईजी थापा आईजीपी बन्ने दौडमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार