Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईजीपीको निर्देशन विपरीत कालोसूचीमा परेकालाई ठेक्का दिन चलखेल

    आईजीपीको निर्देशन विपरीत कालोसूचीमा परेकालाई ठेक्का दिन चलखेल

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल टेलिकममा कार्यरत कर्मचारी टोपेन्द्र बीसीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बन्दोबस्तीका सामान आपूर्तिको ठेक्का लिंदा कीर्ते कागजात पेश गर्ने गरेको खुलेको छ ।

    बीसीले ठेक्कामा सेटिङ गर्ने र गुणस्तरहीन सामान आपूर्ति गर्ने गरेको नेपाल प्रहरीमा चालु आर्थिक बर्षको टेण्डरमा देखिएको छ । उनले उत्पादन कम्पनी नै नखुलेको ब्यारेट क्याप नेपाल प्रहरीलाई गतबर्षको भन्दा दोब्बर मूल्यमा आपूर्ति गर्न लागेका थिए । तर, समयमै उनको सेटिङ बाहिरिएपछि उक्त ठेक्का रद्द भएको छ ।



    नेपाल प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले चालु आर्थिक बर्षका लागि आवश्यक लत्ताकपडा लगायतका बन्दोबस्तीका सामानको टेण्डर २०८० साउन ७ मा गरेको थियो ।



    उक्त टेण्डरमा टेलिकमका कर्मचारी बीसीको तेजसम इन्टरप्राईजेज नामक कम्पनीले ब्यारेट क्याप लगायतका सामानको ठेक्का हत्याउन म्यानुफ्याक्चर्स सर्टिफिकेट नै पेश नगरेको भेटिएको छ । सिंगापुरमा निर्मित भनी विगत बर्षको दररेटभन्दा दोब्बर भन्दा बढीमा तेजसमले ब्यारेट क्याप आपूर्तिको ठेक्का पाएको थियो ।

    प्रहरीले १९ किसिमका सामानको टेण्डर गर्दा ४६ हजार वटा ब्यारेट क्याप पनि माग गरेको थियो । गत बर्षसम्म १ करोड ६१ लाखमा खरिद गरेको ब्यारेट क्याप अहिले ३ करोड ५६ लाख ५० हजारमा खरिद गर्नेगरी बीसीसँग सेटिङ भएको थियो ।

    तेजसमले सिंगापुर प्रहरीले लाउने बिशेषखालको ब्यारेट क्याप भनी कीर्ते गरी दोब्बर भन्दा बढीमा आपूर्तिको ठेक्का पाएकाे थियाे । २०८० असोज १४ गते प्राविधिक प्रस्तावमा पास गरी असोज २२ गते आर्थिक प्रस्ताव खोली उनलाई ब्यारेट क्याप आपूर्तिको ठेक्का दिन लागिएको थियो ।

    तेजसमलाई ठेक्का दिन अरु कम्पनीको ब्यारेट क्यापको नमूना प्रिक्वालिफिकेसनमै डिस्क्वालिफाई (अयोग्य) घोषणा गरी बाटो खुलाइएको थिया ।

    तेजसमले प्रहरीको प्रबन्ध निर्देशनालयका अधिकारीलाई प्रभावमा पारी ठेक्का लिन खोजे पनि ब्यारेट क्यापको गुणस्तर विगतकै जस्तो भएको, सिंगापुरमा निर्मित भनिए पनि कुन कम्पनीमा बनेको हो, म्यानुफ्याक्चर्स सर्टिफिकेट नभएको समाचार आएपछि आईजीपी बसन्तबहादुर कुँवर र प्रशासन विभागका एआईजी मिरा चौधरीले रद्द गर्न निर्देशन दिएका थिए ।

    आईजीपी कुँवरको निर्देशनपछि ब्यारेट क्यापको ठेक्का रद्द भएको छ । यद्यपि टेण्डरको मूल्यांकनदेखि सबै काम भने प्रशासन विभागमा एआईजी चौधरी आउनुअघि नै सकिएको थियो ।

    विगत बर्षमा प्रतिगोटा ३ सय ५० रुपैयाँमा खरिद गरिएको प्रहरीको ब्यारेट क्याप यसपटक ७ सय ७५ रुपैयाँ दरमा तेजसम इन्टरप्राइजेजलाई ठेक्का दिन लागिएको थियो । भारतमा ३ सयदेखि बढीमा ३ सय ५० रुपैयाँ पर्ने ब्यारेट क्यापलाई तेजसमले प्रहरीको प्रबन्धका हाकिमहरुको सेटिङमा ७ सय ७५ रुपैयाँमा सप्लाई गर्नेगरी ठेक्का पाउन लागेका थिए ।

    ब्यारेट क्यापका लागि लागि प्रतिगोटा ७ सय ७५ रुपैयाँ नै बजेट छुट्याइएको थियो । तेजसमका संचालक टोपेन्द्र बीसीले सेटिङमै फुल रेटमै बोलपत्र पेश गरेको र सिंगापुरको डिजाइन भनेर भ्रममा पारी बोलपत्रमा आफ्नो स्पेक सुरुमै पास गराएका थिए ।

    यसैबीच, आईजीपी कुँवरको निर्देशन अवज्ञा गर्दै कालोसूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाइएको जेएमबीडी इन्टरनेशनल प्रालिलाई कटन पाइन्ट र ऊलन सर्टको ठेक्का दिन चलखेल भइरहेको छ ।

    गएको असोज २२ गते आर्थिक प्रस्ताव खोल्नु ३ दिनअघि असोज १९ मा कालोसूचीमा राख्न सार्वजनिाक खरिद अनुगमन कार्यालयमा पत्र पठाइएको जेएमबीडीलाई १ लाख मिटर कटन पाइन्टको कपडा र ६८ हजार मिटर ऊलन सर्टको कपडा खरिदको ठेक्का दिन लागिएको समाचार अनलाइन नेपालले सार्वजनिक गरेपछि आईजीपी कुँवरले सो कम्पनीलाई ठेक्का नदिन निर्देशन दिएका थिए ।

    तर, आईजीपीको निर्देशनपछि अरु सबै सामान आपूर्तिकर्तालाई आसयपत्र दिए पनि कटन पाइन्ट र ऊलन सर्टको कपडाको पत्र दिइएको थिएन । तर दशैंतिहारको मौका छोपी प्रबन्ध निर्देशनालयले कालोसूचीमा पत्र लेखिएको कम्पनी जेएमबीडीका संचालक राजमान मिश्रलाई नै कटन कपडा र ऊलन सर्टको कपडाको ठेक्का दिनका लागि वातावरण मिलाइसकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार