Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरी अस्पतालमा चिकित्सा शिक्षा सञ्चालन हुँदै, आईजीपी सिंहद्धारा भवन उद्घाटन

    प्रहरी अस्पतालमा चिकित्सा शिक्षा सञ्चालन हुँदै, आईजीपी सिंहद्धारा भवन उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 765
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार गरिएको भवन उद्घाटन गरेका छन्।

    बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आयोजित समारोहका बीच आईजीपी सिंहले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।





    समारोहलाई सम्बोधन गर्दै प्रहरी आईजीपी सिंहले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी र दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरे।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त गरिसकेको छ। यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमुना शिक्षण संस्थाका रूपमा विकास गर्दै लैजानुपर्ने आईजीपी सिंहले बताए।

    चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततिहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततिहरू १र१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना सुनाए।

    महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित ज्येष्ठ प्रहरी अतिथि गृहले उनीहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुविधा प्राप्त गर्ने कूल संख्यामध्ये करिब ४० प्रतिशत अवकाशप्राप्त प्रहरी कर्मचारी लाभान्वित हुने गरेको तथ्यले समेत पूर्वप्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गरे।

    नेपाल प्रहरी अस्पतालमा यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन हुने छ। आईजीपी सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रममा आबद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायब उपरीक्षक निर्मला रायमाझी र प्रहरी नायब निरीक्षक पुलवराज गिरीलाई पुरस्कार समेत प्रदान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार