Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा दाजुभाइसहित चार जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा दाजुभाइसहित चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 747
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकै घरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।

    जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् ।



    त्यस्तै ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

    घटनास्थलमा साँघु प्रहरी चौकीबाट र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार