Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्यासिनो सञ्चालक सिंहसहित चारजनाविरुद्ध मुद्दा दायर, झण्डै २८ करोड हिनामिनाको आरोप

    क्यासिनो सञ्चालक सिंहसहित चारजनाविरुद्ध मुद्दा दायर, झण्डै २८ करोड हिनामिनाको आरोप

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 888
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले क्यासिनो सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो । सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका थिए ।



    क्यासिनोमार्फत विदेशी मुद्रा भारु र अमेरिकी डलरको अवैध कारोबार, जुवासम्बन्धी लगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तह–तहमा रुपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्नेसमेतको निषेधित कार्य गरेको विभागको ठहर छ ।



    पत्नी जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने र कारोबारमा जटिलता सिर्जना गर्नेलगायतका कार्य गरी कसुर गरेको विभागको दाबी छ ।

    कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्य शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद, बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको पनि आरोपपत्रमा उल्लेख छ ।

    सुरेन्द्रविरुद्ध विभागले २७ करोड ६७ लाख ७८ हजार बिगो कायम गरेको छ ।

    उनको नाममा रहेएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि विभागले पत्नी शारदादेवी सिंह, छोरा जीवनबहादुरलाई पनि आयोगले प्रतिवादी कायम गरेको छ ।

    सिंहले क्यासिनो पछि जयन्ती थापालाई बेचेका थिए । क्यासिनो किनेर सम्पत्ति शुद्धीकरणमा सघाएको आरोपमा विभागले खरिदकर्ता थापालाई पनि प्रतिवादी कायम गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार