Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तारानाथ अधिकारी बने सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक

    तारानाथ अधिकारी बने सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा तारानाथ अधिकारीलाई सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गरेका हुन् ।

    हाल विभागको महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर त्यहाँ अधिकारीलाई पठाइएको हो । गत वर्ष असोजमा विभाग पुगेका भट्टराईलाई एक वर्ष नपुग्दै सरुवा गरिएको छ ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत भएकाले विभागीय मन्त्रालयको प्रमुखका हिसाबले विभागको प्रशासकीय नेतृत्वसम्बन्धीको निर्णय प्रधानमन्त्रीबाटै हुन्छ।



    सरुवाको निर्णय भएका अधिकारी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार