Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पल शाहले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

    पल शाहले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 816
    SHARES

    फाइल फोटो

    काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् ।

    शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार पुनरावेदन दर्ता गरेको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।



    शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ ।



    तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको भने फैसला हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार