Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राजिव गान्धी हत्याकाण्ड : आरोपी ६ जना ३१ वर्षपछि रिहा

    राजिव गान्धी हत्याकाण्ड : आरोपी ६ जना ३१ वर्षपछि रिहा

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 684
    SHARES

    एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी हत्याकाण्डका ६ जना दोषी ३१ वर्षको जेल सजायपछि रिहा भएका छन् ।

    भारतको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको एक दिनपछि तीन अभियुक्तहरू नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका हुन् । उनीहरुलाई तामिलनाडुको भेल्लोर जेलबाट रिहा गरिएको बताइएको छ ।



    रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थित भएकी थिइन् ।



    मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार