Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुनचाँदी पसल चलाएर ८२ लाख ठगी गरेकाे आराेपमा एक दम्पती पक्राउ

    सुनचाँदी पसल चलाएर ८२ लाख ठगी गरेकाे आराेपमा एक दम्पती पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 690
    SHARES

    मोरङ । सुन्दरहरैँचा नगरपालिकास्थित एक सुनचाँदी पसलका सञ्चालकले ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको घटना सार्वजनिक भएको छ।

    सुन्दरहरैंचा १० स्थित क्भला ज्वेलर्स नामको सुन पसल चलाउँदै आएका राजु विश्वकर्माले ठूलो ब्याज दिने प्रलोभनमा सर्वसाधारणबाट ८२ लाख ७४ हजार रुपैयाँ ठगी गरेको मोरङ प्रहरीले जनाएको छ।



    प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार ४२ वर्षीय राजुले सर्वसाधारणलाई १७ प्रतिशत व्याज दिने प्रलोभनमा सर्वसाधारणबाट जम्मा गरिएको ठूलो रकम ठगी गरेका हुन्।



    यसक्रममा प्रहरीले राजुसँगै ३८ वर्षीया कमला विश्वकर्मालाई पनि पक्राउ गरेको छ।

    ज्वेलर्समा रकम जम्मा गरेका बचतकर्ताले आफ्नो रकम फिर्ता माग्न थालेपछि उनी लामो समयदेखि मोबाइल स्विच अफ गरेर फरार थिए ।

    पक्राउ परेका विश्वकर्मा दम्पतीविरुद्ध ठगी मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार