Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै, मतान्तर घटाउँदै देव गुरुङ

    लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै, मतान्तर घटाउँदै देव गुरुङ

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 810
    SHARES

    लमजुङ । लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ मतान्तर घटाउन थालेका छन् ।

    सुरुवातदेखि पछि परेका माओवादीका गुरुङले मंगलबार दिउँसोदेखि मतान्तर घटाउन थालेका हुन् ।



    पछिल्लो मतपरिणाम अनुसार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १६ हजार २८५ मत ल्याएर अग्रता कायमै राखेका छन् भने माओवादीका महासचिव गुरुङले १४ हजार ८९७ मत ल्याएर पछ्याइरहेका छन् ।



    उनी एमाले उम्मेदवार गुरुङसँग एक हजार ३८८ मतले पछि परेका छन् । यहाँ करिब आधा मतगणना सकिएको छ ।

    खसेको कुल ८० हजार ९१७ मतमध्ये अहिलेसम्म ३५ हजार ८८५ मत गनेर सकिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार