Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल प्रहरीमा चार एआईजीको वढुवा प्रक्रिया अन्योलमा , ३० वर्षे सेवाहद हटाउन खेल

    नेपाल प्रहरीमा चार एआईजीको वढुवा प्रक्रिया अन्योलमा , ३० वर्षे सेवाहद हटाउन खेल

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा  रिक्त रहेका चार एआईजीको वढुवा प्रक्रिया अन्योलमा परेको छ ।

    चार एआईजी पद रिक्त रहेका बेलाआईजीपी धिरजप्रताप सिंह नै डिआईजीहरुको बढुवा भन्दा पनि ३० वर्षे सेवाहद हटाउने खेलमा लागेको हुँदा वढुवा प्रक्रिया अन्योलमा परेको  स्रोत बताउँछ ।



    उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रविन्द्रसिंह धानुकले अवकाश पाएसँगै प्रहरीमा चार एआईजी पद रिक्त भएको दुई साता नाघिसकेको छ ।



    त्यसअघि १५ कात्तिकमा एआइजी अरुण बिसीले अवकाश पाएका थिए भने मुकुन्द आचार्य र विश्वराज पोखरेलले अवकाश पाएको तीन महिना नाघिसकेको छ ।

    उपत्यकाको कमाण्ड डिआईजी किरण राणाको हातमा छ । तर, राणा भन्दा सिनियर डिआईजी श्याम ज्ञवाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको प्रमुख छन् ।

    ज्ञवालीले उनै राणालाई विफ्रिङ गर्नु परिरहेको अवस्था छ ।

    स्रोतका अनुसार आईजीपी सिंह पहिला ३० वर्षे सेवाहद हटाई कार्यकाल लम्ब्याउने खेलमा छन्, त्यसपछि मात्र बढुवा ।

    प्रहरीमा ३० वर्षे  हटाउने खेलमा ठेकेदार दिपक भट्ट, राजमान मिश्र, ज्ञानेन्द्र बस्नेत, रामचन्द्र भट्टलगायतको समूह सक्रिय भएर लागेको छ । अहिलेकै अवस्था रहिरहे आगामी चैतको पहिलो साता आईजीपी सिंह अवकाशमा जानेछन् । सर्वोच्च अदालतले ऐन बनाएर मात्रै प्रहरीमा ३० वर्षे हटाउन सरकारलाई सुझाव दिएको वर्षौं वितिसकेको छ ।

    यदि आर्थिक चल्लखेलकै आधारमा मन्त्रिपरिषद्ले अध्यादेश ल्याएर ३० वर्षे हटाएको खन्डमा  केही उच्च प्रहरी अधिकारीहरुले आईजीपी सिंहलाई अदालतको अपमान हुने भन्दै सुझाब समेत दिएका छन्।

    ३० वर्षे सेवाहद नहट्ने अवस्था आए मात्र  डिआईजीलाई  बढुवा गर्ने आईजीपी सिंहको योजना रहेको छ ।

    रिक्त पदमा बढुवाका लागि एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् । सिनियर समुहबाट तीन जना छन् । जसमा नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहन आचार्य छन् । आईजीपी सिंह यी तिनै जनाको बढुवा गर्ने पक्षमा छैनन्। बालुवाटार र गृह मन्त्रालय भने सिनियर तीन जना र पछिल्लो व्याचबाट एक जनालाई बढुवा गर्ने योजनामा रहेको छ।

    उनीहरू पछिको टोलीलाई बढुवा गर्ने पक्षमा आइजीपी सिंह रहेका छन् । जसमा बसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, किरण बज्राचार्य, सन्दीप भण्डारी, मिरा चौधरी, रामदत्त जोशी, किरण राणा, दुर्गा सिंहलगायत छन् ।आईजीपी सिंहको रोजाइमा दिपक थापा र बसन्त कुँवर रहेका छन्।

    बालुवाटार र गृहले भने अशोक सिंह र सुदिप गिरीलाई अगाडि ल्याउन चाहेको स्रोतको भनाइ छ।

    यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोको छानविनले प्रहरीमा हलचल मच्चिएको छ । अख्तियारले  खरिदसम्बन्धि सम्पूर्ण फाइल झिकाएर छानबिन अघि बढाएपछि प्रहरी प्रधान कार्यालयमा भुइचालो गएको छ । त्यस्तै, म्यादी प्रहरीको पोशाक खरिदमा पनि व्यापक घोटाला भन्दै परेको उजुरीमाथि छानविन भएको वताइएको छ।

    गत आर्थिक वर्षको अन्तिममा प्रहरीले ठेक्का टुक्राएर राजमान मिश्रको जेएमबिडी इन्टरनेशनल कम्पनीसँग १५ करोड बढीको कोयर म्याट्रेस खरिद गरेको प्रकरणमा अख्तियारले पत्र काटेर छानविन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार