Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एम्बाप्पे चम्कँदा फ्रान्स बन्यो समूहचरण पार गर्ने पहिलो टोली

    एम्बाप्पे चम्कँदा फ्रान्स बन्यो समूहचरण पार गर्ने पहिलो टोली

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 900
    SHARES

    एजेन्सी । केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।



    स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । डेनमार्कका लागि आन्द्रेस क्रिस्टेसनले एक गोल गरे ।



    जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ ।

    डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार