Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिलो हाफमा जापान र कोस्टारिकाको गोलरहित बराबरी

    पहिलो हाफमा जापान र कोस्टारिकाको गोलरहित बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 522
    SHARES

    काठमाडौं । कतारमा जारी २२ औं विश्वकपमा जापान र कोस्टारिकाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

    दोहास्थित अहमद बिन अली रंगशालामा भएको खेलमा यी दुई टोली पहिलो हाफसम्मा गोलरहित बराबरीमा रोकिएका हुन्।



    दुवैतर्फटबाट गोलका लागि केही मौका सिर्जना गरे पनि गोल हुन सकेन। समूह ‘ई’ मा रहेका यी दुई टोलीमध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७–० ले हारेको थियो।



    जापानले भने ४ पटकको विश्वविजेता जर्मनीलाई हराएको थियो।

    आजको खेलमा कोस्टारिकालाई हराएमा सुरुका दुवै खेल जित्दै एक खेलअघि नै नकआउट चरणमा प्रवेश गर्दै जापानले इतिहास रच्नेछ। हारेको अवस्थामा कोस्टारिकाको अर्को चरण प्रवेशको सम्भावना सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार