Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानलाई कोस्टारिकाले हरायो

    जापानलाई कोस्टारिकाले हरायो

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 627
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ ।

    आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।



    कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।



    कोस्टारिकाको यो पहिलो जित हो । जापानको यो पहिलो हार हो ।

    कोस्टा रिकाले अब आफ्नो समुह चरणको अन्तिम खेल जर्मनीविरुद्ध खेल्ने छ ।

    यो खेलपछि समुह ई मा स्पेन, जापान र कोस्टा रिकाको ३-३ अंक भएको छ र समुहमा क्रमश पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

    जसमा स्पेनले एक खेल खेलेको छ भने जापान र कोस्टा रिकाले २-२ खेल खेलेका छन् । यस समुह अन्तर्गत आज राति स्पेन र जर्मनीबीच खेल हुदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार