Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्र बैंकले घटायो स्प्रेडदर, बैंकको नाफा घट्ने

    राष्ट्र बैंकले घटायो स्प्रेडदर, बैंकको नाफा घट्ने

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 924
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन ब्याजदर अन्तर (स्प्रेडदर) घटाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको हो ।

    राष्ट्र बैंकले वाणिज्य बैंकको स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक तथा फाइनान्स कम्पनीको ५ प्रतिशतबाट ४.६ प्रतिशत बनाएको छ ।



    बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धि गरेको भन्दै व्यवसायीले विरोध गरेका थिए । राष्ट्र बैंकले ब्याजदर घटाउन ब्याजदर अन्तरलाई घटाउने नीति लिएको हो ।



    राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय स्थायित्वको लागि ब्याजदर अन्तर घटाउने नीति लिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार