Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारका प्रवक्ता कार्कीले भने – हिंसात्मक गतिविधिमा संलग्नलाई मुलधारको राजनीतिमा ल्याउन अध्यादेश ल्यायौं

    सरकारका प्रवक्ता कार्कीले भने – हिंसात्मक गतिविधिमा संलग्नलाई मुलधारको राजनीतिमा ल्याउन अध्यादेश ल्यायौं

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 675
    SHARES

    काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन् ।

    मंसिर २५ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले यस्तो बताउका हुन् ।



    उनले हिंसात्मक गतिविधिमा संलग्नलाई माफी दिएर मुलधारका शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न लागेको स्पष्ट पारे ।



    मन्त्री कार्कीले भने, ‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसामत क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश ल्याएको हो ।’

    उनले योभन्दा अघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र यस किसिमले माफी दिने सहमति गरेको बताए । यस अध्यादेशले मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने उनको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार