Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

    अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 822
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुलुकी अपराध संहिता ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।



    नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २ गते देशभर कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते साँझ देशभर मसाल जुलुस प्रदर्शन र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने बताएको छ ।



    मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहिता ऐन संशोधन गर्ने अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ ।

    तर, राष्ट्रपति विद्यादेवी भण्डारीले हालसम्म अध्यादेश प्रमाणीकरण गरेकी छैनन् । गम्भीर अपराधमा मुछिएका व्यक्तिहरूलाई पनि उन्मुक्ति दिनेगरी अध्यादेश ल्याउन खोजिएको भन्दै विरोध भइरहेको छ ।

    यता, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेकपालगायतले भने सरकारसँग विगतमा भएको सहमतिअनुसार तत्कालै अध्यादेश ल्याएर आफ्ना नेता कार्यकर्ताहरूलाई रिहा तथा उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने माग गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार