Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुखद अन्त्यको पर्खाइमा क्रोएसिया र मोरक्को, कस्ले मार्ला बाजी ?

    सुखद अन्त्यको पर्खाइमा क्रोएसिया र मोरक्को, कस्ले मार्ला बाजी ?

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 579
    SHARES

    काठमाडौं । विश्वकपले तेस्रो स्थानको निर्णय गर्नका लागि सेमिफाइनलमा पराजित हुने दुई टिम बीचको खेल राख्ने गरेको छ ।

    कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्रोएसिया र मोरक्कोले आफ्नो अन्तिम खेल खेल्दैछन् । उपाधि दौडबाट बाहिरिसकेका क्रोएसिया र मोरक्को दुवै टोली अन्तिम खेल जित्दै विश्वकपको यात्रा टुंग्याउन चाहन्छ ।



    अर्कोतर्फ उपाधिविहिन भएर घर फर्किने हुनाले दुवै टोलीका लागि आजको खेलमा गुमाउनुपर्ने खासै केही छैन, तर दुवै टोली अन्तिम खेलमा जित हात पार्न चाहन्छन् ।



    विश्वकपमा अप्रत्यासित नतिजा निकालेका मोरक्को र क्रोएसिया भने उपाधिनजिक भने पुगेका थिए । तर सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना तथा मोरक्कोले फ्रान्सविरुद्ध पराजित भएपछि उनीहरुको उपाधि दौडमा विश्राम लागेका थियो ।

    समूह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेपछि पुनः एकपटक एक-अर्काविरुद्ध खेल्दैछन् । विश्वकपको अन्तिम खेलमा पनि सोही प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

    अर्कोतर्फ क्रोएसियाका लागि आफ्ना ३७ वर्षीय मिडफिल्डर लुका मोड्रिचलाई बिदाइको रुपमा मोरक्कोलाई पराजित गर्ने अवसर छ ।

    मोरक्कोका लागि भने अविश्वसनीय नतिजाका लागि तयार रहेका आफ्ना समर्थकलाई धन्यवाद दिन तथा आफ्नो क्षमता एकपटक पुनः प्रमाणित गर्न पनि क्रोएसियालाई पराजित गर्नुपर्नेछ ।

    मोरक्कोलाई धेरैले अन्डरडग भनेपनि कडा मेहनत तथा क्षमतावान खेलाडीको भरमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार