Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘अत्याचार बढेको’ भन्दै काठमाडौं नगर प्रहरीका सईले दिएको राजीनामा स्वीकृत

    ‘अत्याचार बढेको’ भन्दै काठमाडौं नगर प्रहरीका सईले दिएको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको छ । नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि विवाद सतहमा आएको हो ।

    काम गर्दा गर्दै पनि आफ्नो २९ वर्षे सेवाअवधिमा पहिलो पटक नेतृत्वबाट अमानवीय व्यवहार भोगेकोले राजीनामा दिएको सई चुडालले बताए । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ ।



    काठमाडौं महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ ।



    यी काममा नगर प्रहरी बल खटिने गरेको छ । चुडालको राजीनामा महानगर प्रशासनले मंगलबार नै स्वीकृत गरेको महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार