Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज सकिँदै

    नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज सकिँदै

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ ।

    गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन् ।



    राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय पुस १० गते साँझ ५ बजेसम्म तोकेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    सत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा पुग्न सकेका छैनन् । माओवादी केन्द्र अथवा नेपाली कांग्रेस कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । दुवैले पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनु पर्ने दाबी नछोडे पछि राष्ट्रपतिले दिएको समयमा सहमति नजुट्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार